२ केजी १ सय ७५ ग्राम लागुऔषध चरेससहित एक पुरुष प्रहरी फन्दामा
बिहीबार, ०७ कात्तिक २०७६, १९ : २९
काठमाडौ– महानगरीय प्रहरी बृत्त कीर्तिपुरले लागु औषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विषेश सूचनाको आधारमा कीर्तिपुरबाट चरेससहित एकजानाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त कीर्तिपुरका डिएसपी छेदीलाला कामतीका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका १२ बस्ने जिल्ला मकवानपुर थाहानगरपालिका १२ टिस्टुङ्ग पालुङ्गका ३४ वर्षीय राजु तामाङ रहेका छन् ।
तामाङको साथवाट २ केजी १ सय ७५ ग्राम लागुऔषध चरेससहित पक्राउ गरिएको डिएसपी कामतीले जानकारी दिए ।
उनलाई पक्राउ गरि थप अनुसन्धान सुरू गरिएको कीर्तिपुर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँका यी स्थानमा चार दिन विद्युत् अवरुद्ध हुने
-
आईपीएलमा पन्जाब किंग्सविरुद्ध बेंग्लुरुको फराकिलो जित
-
रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप
-
आज अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै
-
नेसपाले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्ने
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पेशी