राजपुर काण्ड : अनुसन्धानमा खटिएका सबै अधिकृतको छानबिन हुने
शुक्रबार, ०८ कात्तिक २०७६, ०६ : २३
नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभाका सदस्य महम्मद आफताब आलम पक्राउ परेपछि राजपुर बम विस्फोटका बेला जिल्लामा कार्यरत र अनुसन्धानमा खटिएका सबै अधिकृत अनुसन्धानको दायरामा पर्ने भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले प्रहरीलाई असार ६ गते तत्कालिन अनुसन्धान अधिकृतहरुलाई समेत छानबिनको दायरामा ल्याएर सत्य तथ्य पत्ता लगाउन निर्देशन दिएको थियो ।
अधिवक्ता पुष्पराज पौडेलले जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध अवहेलना निवेदनको सुनुवाई गर्दै उक्त इजलासले ‘कुन–कुन अवधिमा को–को अनुसन्धान अधिकृत नियुक्त भई अनुसन्धान के–कसरी अघि बढाएको हो, त्यसको जानकारी लिनू र समन्वय गरी अगाडि बढ्नु’ भन्ने आदेश दिएको थियो । यो समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण