बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्राकृतिक सन्तुलन राख्न महत्त्वपूर्ण छन् सर्प, भ्यागुता र छेपारा

शुक्रबार, ०८ कात्तिक २०७६, ०६ : २९
शुक्रबार, ०८ कात्तिक २०७६

चितवन अन्नपूर्ण भूपरिधि क्षेत्रमा सर्प, भ्यागुता र छेपाराको बासस्थानका सर्वेक्षण भइरहेको छ । 

सरिसर्प वर्गको मझौला तथा साना जीवजन्तुमा पर्ने सर्प, भ्यागुता र छेपाराको वास्तविक अवस्थिति पत्ता लगाउने विशेष अध्ययन गर्ने आधार तयार पार्न सर्वेक्षण सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।

कोषको अगुवाइमा भइरहेको सर्वेक्षणले दिने आधारकै भरमा सर्प, भ्यागुता र छेपाराको वास्तविक सङ्ख्या पत्ता लगाउन अर्को अध्ययन हुने सर्वेक्षण संयोजक सन्तोष भट्टराईले जानकारी दिए । 

उनका अनुसार जसरी यी क्षेत्रमा विचरण गर्ने बाघ, गैँडा, हात्तीको महत्त्व छ, त्यसरी नै साना सरिसर्पको अवस्थिति पनि महत्त्वपूर्ण छ । सरिसर्प वर्ग केही समय पानीमा र केही समय जमिनमा बस्छ । त्यसैले जमिन र पानीको सन्तुलनमा थोरै पनि गडबड भएको खण्डमा यिनको जीवनचक्रमा नै असर पर्ने उनी बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप