बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सार्वजनिक जग्गामा ‘लेलिन बजार’

शुक्रबार, ०८ कात्तिक २०७६, ०७ : ११
शुक्रबार, ०८ कात्तिक २०७६

कालिकोट जिल्लाको रास्कोट नगरको केन्द्र रहेको आर सिपी बजार पुरै सार्वजनिक जग्गामा स्थापना भएको छ । 

सशस्त्र द्वन्द्वकालमा तत्कालिन माओबादीले बजारीकरणका लागि ‘लेलिन बजार’ नामाकरण गर्दै स्थापना गराएको बजार स्थानीयले घर टहरा बनाएर सार्वजनिक जग्गा कब्जा गरी बसेका छन् । 

स्थानीय चुनाव लगत्तै नगरकार्यपालिकाले सार्वजनिक जग्गामा घर नबनाउन अनुरोध गरेको थियो । तर सित्तैमा जग्गा पाएको भन्दै केही व्यक्तिले ठूलो लगानी गरेर घर बनाई व्यावसाय गरिरहेका छन् । 

नगर सरकारको बारम्बारको आग्रहलाई स्थानीयले नमानेपछि  नगरको चौथो सभाले बजार स्थानान्तरण समिति गठन गरेको थियो । तर, अझै काम अगाडि बढ्न सकेको छैन । यो समाचार आजको गोरखापत्रमा प्रेमराज सिम्खडाले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप