धेरै कर्मचारी अख्तियारको कारवाहीमा परेपछि मालपोत कार्यालयप्रति वितृष्णा
मालपोत कार्यालयप्रति कर्मचारी वितृष्णा बढेको छ । पछिल्लो समय अख्तियारको कारवाहीमा धेरै कर्मचारी पर्न थालेपछि देशभरका मालपोत कार्यालयमा कर्मचारीको अभाव हुन थालेको छ । केही समय अघिसम्म मालपोतमा सरुवा हुन कर्मचारीको तछाड मछाड हुन्थ्यो, तर अहिले त्यहाँ जान चाहँदैन ।
अख्तियारको स्टिङ अपरेशनमा मालपोतका कार्मचारी धमाधम परिरहेका छन् । दुई सय भन्दा बढी मालपोतका कर्मचारीलाई अख्तियारले कारवाही गरिसकेको छ । भएका जनशक्ति अदक्ष भएकाले मालपोतको सेवाप्रवाह प्रभावित भएको छ।
मालपोतको सेवाप्रवाहको सवत्र आलोचना भएपछि सरकारले सुविधा सम्पन्न मालपोत कार्यालय बनाएको छ। मालपोत कार्यालय कंलकीसहित आधा दर्जन कार्यालयलाई सुविधासम्पन्न बनाइएको भूमि सुधार व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्ण ज्ञवालीले जानकारी दिए ।
७ वटा कार्यालयमा भूसेवा केन्द्रमार्फत् सेवा प्रदान गर्न थालिएको छ । पब्लिक एसेस मोडलबाट सेवा प्रदान भइरहेको छ । १०१ वटा कार्यालयमा अनलाइन सिस्टममा मालपोतको सेवाप्रवाह भइहरेको छ ।
ती कार्यालयमा कति कारोबार भयो, त्यसको रिर्पोट प्रत्येक दिन हेर्न सक्ने व्यवस्था मिलाइएको छ। यसलाई यही वर्ष्भित्र ११६ कार्यालयमा पुर्याउने लक्ष्य रहेको उनले बताए ।यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण