ललितपुरबाट समातिए विप्लव समूहका ४ कार्यकर्ता
शुक्रबार, ०८ कात्तिक २०७६, १७ : ३९
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउन खोज्ने विप्लव समूहका ४ कार्यकर्ता ललितपुरको लुभुबाट पक्राउ परेका छन् ।
बिहीबार साँझ प्रधानमन्त्री ओलीको पुत्ला जलाउने तयारीमा रहेका ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए ।
पक्राउ पर्नेमा पाँचथरका २१ वर्षीय निकुञ्ज सेवा, काभ्रेका ६० वर्षीय जित बहादुर खपाङ्गी, भक्तपुरका २७ वर्षीय श्रवण भन्ने बिजेश ढकाल र भोजपुरका ४२ वर्षीय पेम्बा जम्बु शेर्पा रहेका छन् ।
उनीहरुलाई जिल्ला अदालत ललितपुरले सार्वजनिक स्थानमा शान्ति खलल गरेको कसुरमा ७ दिनको म्याद थपेको प्रहरीले जनाएको छ ।
उनीहरु विप्लव समूहका जिल्ला कमिटी सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी, पाल प्रथम
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण