बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘प्रदेशमाथि संघ हाबी’

शनिबार, ०९ कात्तिक २०७६, ०६ : ५०
शनिबार, ०९ कात्तिक २०७६

संघीय संविधान जारी भएको चार वर्ष भइसक्दासमेत प्रदेशमाथि संघ हावी बन्ने सम्भावना रहेको एक अध्ययनले देखाएको छ । डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन)ले गरेको स्थलगत अध्ययनअनुसार संघ प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन सकेको छैन ।

तीन तहका योजना र कार्यक्रम दोहोरिने समस्या पनि उत्तिकै रहेको अध्ययनमा देखिएको छ । ‘संघले प्रदेशको कार्य विवरणअनुसार संरचना हस्तान्तरण गर्न आनाकानी गरिराखेको छ । संघीय संसद्मा दर्ता भएका महत्वपूर्ण विधेयका प्रावधानले प्रदेशका संरचना निर्माण र त्यसको काममा उपयोगी बन्नेभन्दा संघलाई नै बलियो बनाउने संकेत देखिएका छन् ।’ अध्ययनको निष्कर्ष निकालेको छ । यो खबर आजकाे कान्तिपुर दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप