शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले दियो नेपालमा हतियार प्रदर्शनी गर्न अनुमति

शनिबार, ०९ कात्तिक २०७६, ०७ : ३५
शनिबार, ०९ कात्तिक २०७६

भीड नियन्त्रण तथा आन्दोलनमा सामान्य बल प्रयोग गर्न मिल्ने गैरघातक हतियार प्रदर्शन गर्न लागिएको छ । गृह मन्त्रालयले दक्षिण कोरियाको एक कम्पनीलाई गैरघातक हतियार प्रदर्शनीका लागि स्वीकृति दिएको छ । 

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि गैरघातक हतियार खरिद गर्ने जनाएपछि दक्षिण कोरियाको एक कम्पनीले नेपालमा गैरघातक हतियार प्रदर्शनीको प्रस्ताव गरेको थियो । सो प्रस्ताव गृह मन्त्रालयले गत आइतबार स्वीकृति दिएको हो । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप