साउथ फिल्मका नायकले गरे आत्महत्याः घटनाको अनुसन्धानमा जुट्यो पुलिस
फिल्म इन्डष्ट्रि र मोडलिङको दुनियाँ टाढाबाट हेर्दा चकाचौंधयुक्त लागेपनि यसको यस्तो पाटो पनि छ जुन निकै भिन्न छ । थुप्रै पटक यस्ता खबर आउँछन् जुन सुन्दा नमज्जा लाग्छ । यस्तै एउटा घटना सार्वजनिक भएको छ । साउथ फिल्म इन्डष्ट्रिका एक नायकले आत्महत्या गरेका छन् । नायक ससिकुमारले कलिउड सिनेमाका स्टार थिए र टिभी इन्डष्ट्रिमा पनि काम गरिसकेका थिए ।
घटना गत बिहिबारको हो । ससिकुमारको शव जोलारपेट्टाई रेलवे स्टेशन नजिकैको एउटा रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । अहिले घटनाको अनुसन्धान चलिरहेको छ । मिडिया रिपोर्टलाई मान्ने हो भने वालासारावक्कममा बस्ने ससिकुमारले आफ्नी श्रीमतीलाई आफू बेंगलुरु ट्रिपमा जान लागेको बताएका थिए ।
श्रीमती पनि हुन् नायिकाः
टाइम्स अफ इन्डियाको रिपोर्टलाई मान्ने हो भने जब ससिकुमारको शव मानिसहरुले देखे तब यसबारे पुलिसलाई जानकारी दिइयो । पुलिसको प्रारम्भिक रिपोर्टमा बताइए अनुसार नायक पैसाका कारण डिप्रेशनमा थिए । नायक र उनकी श्रीमती राघवका एक छोरा छन् । स्मरण रहोस् ससिकुमारकी श्रीमती पनि टिभीको चर्चित नाम हो र राजनीकान्तको फिल्म राजा चिन्ना रोजामा पनि देखिइसकेकी छिन् । हुन त ससिकुमार टिभी नायक थिए, तर उनी थुप्रै तमिल फिल्ममा पनि देखिइसकेका छन् । उनले क्यामराम्यानको रुपमा पनि काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण