राजमार्गमा दिनहुँ ह्वीलचियर
पृथ्वी राजमार्गको सवारी चापलाई दिनहुँ छिचोल्दै एउटा ह्वीलचियर म्याग्दे–१ गुणादीको महेन्द्र मावितर्फ मोडिन्छ । ह्वीलचियरमा १५ वर्षीया नविना खनाल हुन्छिन् । गडाउँछन् उनका १४ वर्षीया भाइ आनन्द ।
नवीना २ र आनन्द ९ कक्षामा पढ्छन् । शारीरिक रुपमा अशक्त दिदीको पढ्ने रहर पूरा गर्न भाइले स्कुल लैजाने र घर फिराउने गरेका छन् । ‘दिदीलाई लेखपढ गर्न रहर छ,’ आनन्द भन्छन्,‘त्यसैले लाने–ल्याउने गर्छु ।’
घरबाट स्कुल पुग्न २० मिनेट लाग्छ । राजमार्गको बाटो अलि ओरालो छ । कहिलेकाँही आनन्दलाई ह्वीलचियर सम्हाल्न गाह्रै पर्छ । गाडीको निकै चाप हुने भएकाले उत्तिकै सतर्क रहनुपर्छ ।
नवीना पढाइमा लगनशील भएको कक्षा शिक्षक देवनारायण श्रेष्ठले बताए । १ कक्षाबाट उत्तीर्ण हुँदा उनी तृतीय भएकी थिइन् । ‘नवीनाका लागि विशेष कक्षा छैन,’ उनले भने,‘अरु विद्यार्थीसँगै पढाउँदै आएका छौं ।’ उनी अरु साथीजस्तै बेन्चमा बस्न सक्दिनन् । कक्षमा पनि ह्वीलचियरमै हुन्छिन् ।
यो समाचार आजको कान्तिपुर दैनिकमा प्रताप रानामगरले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण