बारुणयन्त्रका कर्मचारीको निर्मम हत्या
वीरगन्जमा एक जना युवाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो।
वीरगन्ज नगवास्थित बाइपास सडकको छेउमा रहेको पोखरीको किनारमा तन्ना र प्लाष्टिकको बोराले बेरेर फालिएको अवस्थामा चौरसियाको शव शुक्रबार फेला परेको थियो।
पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले चौरसियाको गोली हानेर हत्या गरिएको बताए।
नारायणी अस्पतालमा शवको पोष्टमार्टमपछि गोली लागि हत्या भएको खुलेको हो। चिकित्सकका अनुसार चौरसियाको टाउकोमा २, छातीमा २ र नाइटोमा १ गरी ५ वटा गोली लागेको छ।
शवको पोष्टमार्टम रिपोर्ट आइ नपुगे पनि गोली हानेरै हत्या भएको अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक राठौरले बताए।
प्रहरीले अनुसन्धानको क्रममा एक दम्पतिलाई शुक्रबार राति नियन्त्रणमा लिएको छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण