सत्यनिरुपण र बेपत्ता व्यक्ति छानबिन आयोग : अध्यक्ष नपाउँदा अलपत्र
मुलुकमा सशस्त्र द्वन्द्वका बेला भएका गम्भीर मानवअधिकार उलंघनका घटनाको सत्यतथ्य पत्ता लगाउन बनाइएका दुई आयोग सात महिनादेखि अलपत्र छन्। सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिले अध्यक्षका उम्मेदवार नभेट्दा आयोगहरू अलपत्र परेका हुन्।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा आठ महिनाअघि गठित सिफारिस समितिले अध्यक्षका लागि उपयुक्त उम्मेदवार नभेटेको जनाएको छ। तर, गाँठी कुरा ठूला पार्टीबीच सहमति हुन नसक्दा समितिले अध्यक्षलगायत पदाधिकारी सिफारिस गर्न नसकेको स्रोतको दाबी छ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दुई आयोगमा अध्यक्ष कसलाई बनाउने भन्नेमा अझै एकमत हुन सकेको छैन। राजनीतिक दाउपेच बनेको संक्रमणकालीन न्यायका लागि नेताहरूले सकारात्मक संकेत नदिँदा सिफारिस समिति नै अलमलमा परेको छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण