‘हाइप्रोफाइल’ जुवाडे : एयर डाइनेस्टीका सञ्चालक पनि पक्राउ
काठमाडौँ । काठमाडौँको महराजगञ्जबाट पक्राउ परेका २५ जना ‘हाइप्रोफाइल’जुवाडेहरुमा एयर डाइनेस्टीका प्रबन्ध निर्देशक पवित्र कुमार कार्की परेका छन् ।
आइतबार बिहान २ बजे महाराजगञ्ज पिपलमार्ग स्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा कार्की पक्राउ परेका हुन् ।
एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालका अध्यक्षसमेत रहिसकेका कार्कीले जलविद्युतमा पनि लगानी गरेका छन् । यसअघि एयर डाइनेस्टीको नाम फेक रेस्यू प्रकरणमा पनि मुछिएको थियो ।
महानगरीय प्रहरी वृत्त महराजगञ्जका प्रमुख प्रहरी नायव उपरिक्षक उमेश लम्सालको कमाण्डमा गएको टोलीले छापा मार्दा विक्रम गौतमले २४ जना ‘हाइप्रोफाइल’ मानिसहरुलाई घर कोठामा राखी मिनि क्यासिनो बनाइ जुवा खेलाई रहेको अवस्थामा फेला पारेको थियो ।
उनीहरुको साथबाट दुई करोड सरसठ्ठी लाख, बैंक अफ काठमाण्डूको ३ लाखको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद गरिएको थियो ।
२५ जना जुवाडेहरुलाई पक्राउ गरि जुवा ऐन अन्तर्गत मुद्दा चलाउने प्रहरलिे बताएको छ । यस विषयमा महानगरीय प्रहरी वृत्त महाराजगञ्ज काठमाडौँबाट थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


