‘हाइप्रोफाइल’ जुवाडे : एयर डाइनेस्टीका सञ्चालक पनि पक्राउ

काठमाडौँ । काठमाडौँको महराजगञ्जबाट पक्राउ परेका २५ जना ‘हाइप्रोफाइल’जुवाडेहरुमा एयर डाइनेस्टीका प्रबन्ध निर्देशक पवित्र कुमार कार्की परेका छन् ।
आइतबार बिहान २ बजे महाराजगञ्ज पिपलमार्ग स्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा कार्की पक्राउ परेका हुन् ।
एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालका अध्यक्षसमेत रहिसकेका कार्कीले जलविद्युतमा पनि लगानी गरेका छन् । यसअघि एयर डाइनेस्टीको नाम फेक रेस्यू प्रकरणमा पनि मुछिएको थियो ।
महानगरीय प्रहरी वृत्त महराजगञ्जका प्रमुख प्रहरी नायव उपरिक्षक उमेश लम्सालको कमाण्डमा गएको टोलीले छापा मार्दा विक्रम गौतमले २४ जना ‘हाइप्रोफाइल’ मानिसहरुलाई घर कोठामा राखी मिनि क्यासिनो बनाइ जुवा खेलाई रहेको अवस्थामा फेला पारेको थियो ।
उनीहरुको साथबाट दुई करोड सरसठ्ठी लाख, बैंक अफ काठमाण्डूको ३ लाखको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद गरिएको थियो ।
२५ जना जुवाडेहरुलाई पक्राउ गरि जुवा ऐन अन्तर्गत मुद्दा चलाउने प्रहरलिे बताएको छ । यस विषयमा महानगरीय प्रहरी वृत्त महाराजगञ्ज काठमाडौँबाट थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब कङ्क्रिट सडक निर्माणका लागि अध्ययन गर्नेछौँ : मन्त्री दाहाल
-
कानुन नबनाई महिला कामदार बाहिर पठाउन हुँदैन: खतिवडा
-
सुध्रिएको हो सोनू, नेहा र टोनी कक्कड बिचको सम्बन्ध ?
-
अख्तियारसम्बन्धी विधेयक छिटो ल्याउन अर्जुननरसिंह केसीको माग
-
निर्णायक शिक्षक आन्दोलन घोषणा गर्न माग, उपसमितिको प्रतिवेदनप्रति आपत्ति
-
बिराज र सुशीलसँग रोमान्स गर्दै दिव्या रायमाझी