सोफी विल्मस बेल्जियमको प्रथम महिला प्रधानमन्त्री बन्न सफल
ब्रसेल्स- बेल्जियमकी अर्थ तथा बजेट मन्त्री सोफी विल्मस् त्यहाँको पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रच्न सफल भएकी छिन् ।
नरम दक्षिणपन्थी धार बोकेको मुभ्मेन्ट रिफरम्याटर पार्टीकी नेत्री विल्मसलाई देशको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा चुनिएकी हुन् ।
अक्टुबर २०१४ देखि सोफी विल्म्सको एमआर पार्टी मिशेल सरकारको हिस्साको रूपमा गठबन्धनमा थियो । बेल्जियमका निवर्तमान प्रधानमन्त्री चार्ल्स मिशेललाई समर्थन गरेको थियो । अहिले पनि उनीहरुकै समर्थनमा सोफी प्रधानमन्त्री बनेको बताइन्छ ।
उहाँलाई ४४ बर्षका राजा फिलिपद्वारा आइतबार बिहान औपचारिक राजकीय समारोहबीच शपथ गराइएको छ ।
२०१८ को डिसेम्बरबाटै अघिल्लो सरकारले विश्वासको मत गुमाएपछि बेल्जियममा मिचेलको नेतृत्वको सरकार काम चलाउ भएको थियो । गत मेमा भएको संसदीय चुनावमा कसैको स्पष्ट बहुमत आउन नसकेपछि सरकार गठनमा जटिलता देखिएको हो । -एएफपी/Photo:alanbatnews
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण