खैरहनीबाट २० जुवाडे पक्राउ
चितवन– पूर्वी चितवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा कयर खोलाको छेउमा रहेको एउटा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । उनीहरुको साथबाट रु एक लाख ९१ हजार बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले १२ वटा मोटरसाइकलसमेत बरामद गरेको जानकारी दिएको छ ।
बसको ठक्करबाट एकको मृत्यु
चितवनको खैरहनीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–८ पर्सा बजारमा गए राति नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना६ख १७४१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ना५५प २१३१ नंको मोटरसाइकललाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते बनेका मोटरसाइकल चालक खैरहनी–१ बस्ने ३० वर्षीय अनिल अधिकारीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
यसैगरी नारायणी नदीको पुलबाट हाम फालेका एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार आइतबार अपराह्न ४ बजे हाम फालेका अन्दाजी ३०÷३५ वर्षीय पुरुषको शव नदी किनारमा फेला पारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण