सवारी दुर्घटनामा ६ जनाको मृत्यु, आगलागीमा करोडौँको क्षति
काठमाडौं– बितेका २४ घण्टामा काठमाडौँ, नवलपरासी (पूर्व), सुर्खेत, चितवन, सप्तरी, धनुषा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जना तथा मोरङमा भएको आगलागीमा परी ए जनाको मृत्यु भएको छ ।
काठमाडौँ, पाल्पा, सङ्खुवासभा, बझाङ, मकवानपुर, पर्सा, रौतहट, सोलुखुम्बु, बाँके, उदयपुर, ताप्लेजुङ र धनुषाका विभिन्न स्थानमा भएका आगलागीका घटनामा रु दुई करोड एक लाख ५० हजारबराबरको धनमाल नष्ट भएको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–५ कोठेबारीका युवराज गिरीको घरमा दिपावली गर्न बालेको दियोबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा घरभित्र सुतिरहेका उनका चार वर्षीय छोरा युसन गिरीको घटनास्थलमै जलेर मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
काठमाडौं महानगरपालिका–२६ सामाखुशीस्थित ‘टिरान्सा म्यानपावर’ को कार्यालयमा विद्युत् चुहावट भई आज बिहान आगलागी हुँदा रु १५ लाख बराबरको फर्निचरलगायत धनमाल नष्ट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण