बिहारका २५ बाढी पीडित परिवारलाई अक्षय कुमारले १ करोड रुपैयाँ सहयोग गर्ने
बुधबार, १३ कात्तिक २०७६, १४ : २९
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले बिहारमा आएको बाढीबाट प्रभावित २५ परिवारलाई एक करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
पीडित परिवारलाई छट पूजाको दौरान चेकको रुपमा हस्तान्तरण गरिनेछ । पीडित परिवारलाई ४–४ लाख रुपैयाँ चेकबाट हस्तान्तरण गरिनेछ ।
यसअघि पनि अक्षय कुमारले पुलवामा हमलामा शहीद भएका परिवारलाई ५ करोड भारतीय रुपैयाँ सहयोग गरेका थिए ।
‘प्राकृतिक विपद्ले हामीलाई याद दिलाउँछ हामी उसको अगाडि केही पनि होइनौँ,’ अक्षयले भने, ‘यस्तो मौकामा हामी जस्तो मद्दत गर्न सक्छौँ, हामीले गर्नुपर्छ । आफ्नो सबै गुमाएकाहरुलाई फेरि जीवन शुरुवात गर्न मद्दत गर्न सक्छौँ ।’
हालैमात्र अक्षयको हाउसफूल ४ चलचित्र रिलिज भएको थियो । यस वर्ष अक्षयको अर्को चलचित्र गुड न्यूज रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण