सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस र नेकपाको २५ वर्षे राज चाँडै अन्त्य हुन्छ : राजकिशोर यादव

बुधबार, १३ कात्तिक २०७६, २० : ४३
बुधबार, १३ कात्तिक २०७६

सिरहा – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले नेपाली काँग्रेस र नेकपाको २५ वर्षे राज अब चाँडै अन्त्य हुने दाबी गरेका छन् ।
सिरहाको कर्जन्हा नपा २ बन्दिपुरमा बुधबार आयोजित दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा काँग्रेस र नेकपाले २५ वर्षदेखि जनतालई झुठो आश्वासन मात्र बाँढेको आरोप लगाए ।
अब काँगेस र नेकपाको वास्तविक रुप उदाङ्गो भएको उनले बताए । उनले भने, ‘दुबै दलले जनतालाई मिठो सपनामात्र देखाए । चुनाव जितेपछि ती बाचा सबैै भुदा जनताको जीवनका खासै परिवर्तन आउन सकेन् । त्यसैले उनीहरुको विकल्प राजपा नेपाल हो ।’

नेता यादवले पुरानो मानसिकताबाट ग्रसित दलले आफूहरुलाई मधेसादवीको संज्ञा दिएकोप्रति असन्तुष्टि व्यक्त गरे । राजपाले  हिमालदेखि तराईसम्म र मेचिदेखि महाकाली सम्मका सम्पूर्ण जनतालाई गोलबन्ध गर्दै परिवर्तको दिशामा अगाडि बढ्ने दाबी गरे ।

 उनलेभने, ‘हामीलाई खुम्च्याउने प्रयाससहित केही दलहरु क्षेत्रीय पार्टी भनिरहेका छन्, अब त्यो स्थिति रहेन । हामी  मेचिदेखि महाकालीसम्म फैलिसकेका छौं ।’ उक्त कार्यक्रममा दर्जन बढी मानिस विभिन्न पार्टी परित्या गरी राजपा प्रवेश थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप