काँग्रेस र नेकपाको २५ वर्षे राज चाँडै अन्त्य हुन्छ : राजकिशोर यादव
सिरहा – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले नेपाली काँग्रेस र नेकपाको २५ वर्षे राज अब चाँडै अन्त्य हुने दाबी गरेका छन् ।
सिरहाको कर्जन्हा नपा २ बन्दिपुरमा बुधबार आयोजित दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा काँग्रेस र नेकपाले २५ वर्षदेखि जनतालई झुठो आश्वासन मात्र बाँढेको आरोप लगाए ।
अब काँगेस र नेकपाको वास्तविक रुप उदाङ्गो भएको उनले बताए । उनले भने, ‘दुबै दलले जनतालाई मिठो सपनामात्र देखाए । चुनाव जितेपछि ती बाचा सबैै भुदा जनताको जीवनका खासै परिवर्तन आउन सकेन् । त्यसैले उनीहरुको विकल्प राजपा नेपाल हो ।’
नेता यादवले पुरानो मानसिकताबाट ग्रसित दलले आफूहरुलाई मधेसादवीको संज्ञा दिएकोप्रति असन्तुष्टि व्यक्त गरे । राजपाले हिमालदेखि तराईसम्म र मेचिदेखि महाकाली सम्मका सम्पूर्ण जनतालाई गोलबन्ध गर्दै परिवर्तको दिशामा अगाडि बढ्ने दाबी गरे ।
उनलेभने, ‘हामीलाई खुम्च्याउने प्रयाससहित केही दलहरु क्षेत्रीय पार्टी भनिरहेका छन्, अब त्यो स्थिति रहेन । हामी मेचिदेखि महाकालीसम्म फैलिसकेका छौं ।’ उक्त कार्यक्रममा दर्जन बढी मानिस विभिन्न पार्टी परित्या गरी राजपा प्रवेश थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण