शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु

बुधबार, १३ कात्तिक २०७६, २१ : २१
बुधबार, १३ कात्तिक २०७६

जनकपुर – ट्रिपरको ठक्करले एक मोटरसाइकल सवार युवकको ज्यान गएको छ । बुधबार जनकपुर उप–महानगर पालिका वडा नम्बर ७ स्थित तपसी चोकमा ना. ५ ख . १६७४ नम्बरको ट्रिपरले ठक्कर दिदा महोत्तरी मनर सिस्वा नगरपालिका वडा नम्बर ९ स्थित बथनाहाका ३५ वर्षीय सञ्जीव झाको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

ज.१० प.७७६७ नम्बर मोटरसाइकलमा जनकपुर किन मेल गर्न आएक झालाई तीव्र गतिमा आएको ट्रिपरले ठक्कर दिएको स्थानियले बताएका छन् । 

घटना पश्चात तत्काल झालाई जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल लैजाँदै गर्दै बाटोमा नै झाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप