ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु
बुधबार, १३ कात्तिक २०७६, २१ : २१
जनकपुर – ट्रिपरको ठक्करले एक मोटरसाइकल सवार युवकको ज्यान गएको छ । बुधबार जनकपुर उप–महानगर पालिका वडा नम्बर ७ स्थित तपसी चोकमा ना. ५ ख . १६७४ नम्बरको ट्रिपरले ठक्कर दिदा महोत्तरी मनर सिस्वा नगरपालिका वडा नम्बर ९ स्थित बथनाहाका ३५ वर्षीय सञ्जीव झाको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
ज.१० प.७७६७ नम्बर मोटरसाइकलमा जनकपुर किन मेल गर्न आएक झालाई तीव्र गतिमा आएको ट्रिपरले ठक्कर दिएको स्थानियले बताएका छन् ।
घटना पश्चात तत्काल झालाई जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल लैजाँदै गर्दै बाटोमा नै झाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण