कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यू
बिहीबार, १४ कात्तिक २०७६, ११ : ४४

कपिलवस्तु– लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएपछि सम्भावित झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू लगाएको छ । मूर्ति विसर्जनका क्रममा सुरु भएको दुईपक्षीय विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यूू लगाएको जनाएको छ ।
कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरेको हो ।
यसअघि गत वर्ष पनि दशैँमा दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कृष्णनगरमा विवाद हुँदा कर्फ्यू लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित