धनुषामा काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप, ७ जना घाइते
जनकपुर– प्रदेश नम्बर २ को धनुषामा सत्तारुढ समाजवादी पार्टी र प्रतिपक्षी नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा करिब आधा दर्जन घाइते भएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १० स्थित रमदैया भवाडीमा समाजवादी पार्टी र काङ्ग्रेसका कार्यकर्ताबीच बुधबार राति झगडाले उग्ररुप लिएपछि हातपात भएको हो ।
कार्यकर्ताबीच हातपात हुँदा दुवैतर्फ घाइते भएको धनुषा प्रहरीले जनाएको छ । हातपात हुँदा ७ जना घाइते भएको प्रहरी उपरीक्षक शेखर खनालले जनाएको छ। बुधबार शुभविजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा काँग्रेस क्षेत्रीय समितिले रमदैयामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोह सम्पन्न पछि सामान ओसार्ने क्रममा विवाद हुँदा झडप भएको थियो ।
झडपमा परी घाइते हुनेमा काँग्रेसका रामहृदय यादव, सुकदेव यादव, रामबहादुर यादव र अमरेशकुमार यादव छन् भने समाजवादी पार्टीका श्याम यादव, उमेश यादव र सन्तोष यादव रहेका छन् । सामान्य विवादले उग्ररुप लिएपछि करिब २५ जना काँग्रेस कार्यकर्ता थपिएपछि झडप भएको थियो ।
कांग्रेसका कार्यकर्ता रामबहादुर यादवले कार्यक्रम सम्पन्नपछि कार्यक्रमस्थलमा लगाइएको टेन्टलगायतका सामान आसार्ने क्रममा आफ्ना कार्यकर्तालाई बीच बाटोमा समाजवादी पार्टीका कार्यकर्ताले अवरोध गरेपछि झडप भएको दाबी गरे ।
झडपमा घाइतेहरुको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण