तरुणदलका नेपालगन्ज नगर सभापति हतियारसहित पक्राउ
बाँके कोहलपुर प्रहरीले पेस्तोलसहित ६ जनालाइ पक्राउ गरेको छ । पक्राउ परेका तरुणदलका नेपालगन्ज नगर सभापति सन्दिप जंग शाहसहितलाई हतियारसहित प्रहरीले पक्राउ गरेको हो ।
गएराति बाँके उपमहानगरपालिकाबाट उनीहरुलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नेपालगंज उपमहानगरपालिकाका–२० स्थित नमस्ते भिलेज रिसोर्टभित्र पूर्वतर्फको कार पार्किङ एरियामा पार्किङ गरी राखेको मारुती सुजुकी कार बाट हतियारसहित सन्दिप जंग शाह पक्राउ परेका इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेम शाहीले रातोपाटीलाई बताए ।
कारमा चेक जाँच गर्दा कारको ड्राइभर सिटको मूनी लुकाई राखेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ परेका शाहको साथ बाट अटोमेटिक पेस्तोल मेडीन युएसए लेखेको पेस्तोल १ थान र २ राउण्ड गोली लोड गरेको अवस्थामा भेटिएको हो ।
पक्राउ पर्ने ५ जनामा ४० वर्षको दिनेश कुमारी शाही, ५४ वर्षको राघव शाह, ३५ वर्षको पृतम थापा र माधव नेपाली, यामबहादुर बुढा मगर रहेका छन् । पक्राउ परेका नेपाली , थापा र बुढामगर यसअघि नै चेतन मानन्धरको हत्याकाण्डमा जिल्ला अदालतवाट तीन बर्ष कैद सजाय भोगेका व्यक्ति हुन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण