ट्रम्पमाथि महाभियोग चलाउने प्रस्ताव संसदद्वारा मञ्जुरः पक्षमा २३२, विरोधमा १९६ भोट खस्यो
अमेरिकाको हाउस अफ रेप्रिजेन्टेटिभले बिहिबार राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव चलाउने प्रस्तावलाई मञ्जुरी दिएको छ । यसको पक्षमा २३२ भोट हालियो भने विरोधमा १९६ भोट खस्यो । प्रतिनिधी सभामा डेमोक्रेटिक पार्टीको बहुमत छ । यसैको नेतृत्वमा महाभियोग अनुसन्धान प्रक्रिया सुरु गरियो । ट्रम्पमाथि आफ्ना विरोधी जो बिडेन र उनका छोराविरुद्ध युक्रेनी ग्यास कम्पनीमा भ्रष्टाचारको मामलाको अनुसन्धानका लागि युक्रेनमाथि दबाब दिएको आरोप छ ।
प्रस्तावमा सार्वजनिक अनुसन्धान गर्न र यसको नेतृत्व कांग्रेसको गोप्य मामलाको समितिका प्रमुख एडम स्किफलाई दिन भनिएको छ । समितिका प्रेसिडेन्ट म्याक्गवर्नले राष्ट्रपतिद्वारा शक्तिको दुरुपयोग, राष्ट्रिय सुरक्षा र चुनाव प्रक्रियाको गोप्य सम्झौता गरेको प्रमाण आफूसँग भएको बताए ।
दुईपटक चल्यो प्रक्रिया, तर राष्ट्रपति हटेनन्ः
ट्रम्पलाई पदबाट हटाउनका लागि २० रिपब्लिकन सांसदले आफ्नै राष्ट्रपतिविरुद्ध भोट हाल्नु पर्नेछ । यद्यपि, यसको सम्भावना कमै छ । अहिलेसम्म अमेरिकी राजनीतिक इतिहासमा कुनै पनि राष्ट्रपतिलाई महाभियोगमार्फत् हटाइएको छैन । अमेरिकाका १७ औं राष्ट्रपति एन्ड्रयू जोनसन र ४२ औं राष्ट्रपति बिल क्लिैटनविरुद्ध महाभियोग प्रक्रिया चलेको थियो तर दुबैजना योबाट बचेका थिए ।
प्रतिनिधी सभाको ६ समितिले अनुसन्धान गर्नेछः
प्रतिनिधी सभाको ६ समितिले राष्ट्रपति ट्रम्पमाथि महाभियोगको मामलाको अनुसन्धान गर्नेछ, सबैभन्दा बलियो मामलालाई न्यायिक समितिमा पठाइनेछ ।
यसमा गलत काम भएको प्रमाण नभेटिए ट्रम्प सुरक्षित हुनेछन् भने प्रमाण भेटिए प्रतिनिधि सभा महाभियोगका विभिन्न धारा लगाउनका लागि मतदान हुनेछ ।
यो मतदानमा बहुमतभन्दा कम भोट खसे ट्रम्पलाई कुनै खतरा छैन तर बहुमतभन्दा धेरै भोट आए महाभियोगको मामला अघि बढ्नेछ ।
त्यसपछि मुद्दा सिनेटमा जानेछ, सिनेटले विभिन्न धारामा सुनुवाई गर्नेछ । ट्रायलमा सिनेटले ट्रम्पलाई दोषी देखाउनका लागि भोटिङ गर्नेछ । (यो सम्भावना कम छ किनभने सिनेटमा रिपब्लिकन पार्टीको बहुमत छ)
यो मतदानमा दुई तिहाईभन्दा कम भोट आए ट्रम्प पदमा रहिरहनेछन् । धेरै भोट आए ट्रम्पले कुर्सी छोड्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण