हिमालयन बैंकले शुरु गर्यो हिमालय क्यापिटल लिमिटेड, मर्चेन्ट बैंकिङ्ग कारोबारमार्फत सेयर बजार माथि उठाउने
काठमाडौं– आजदेखि हिमालयन बैंकले आफ्नो सहायक कम्पनी हिमालय क्यापिटल लिमिटेड शुरुवात गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बैंकले आफ्नो पूर्ण स्वामित्वको कम्पनी हिमालयन क्यापिटल लिमिटेड रिभन काटेर उद्घाटन गरेको हो ।
सहायक कम्पनी उद्घाटन गर्दै बैंकले नेपालको सेयर बजारमा सकारात्म भूमिका खेल्न र सेयर बजारको गति बढाउन मर्चेन्ट बैंकिङ्ग कारोबारमा हिमालय क्यापिटल लिमिटेड ल्याएको बताएको छ । क्यापिटल लिमिटेडको उद्घाटन घोषणा गर्दै बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले हिमालयन क्यापिटलको मुख्य उद्देश्य ग्राहकहरुका लागि मर्चेन्ट बैंकिङ्ग तथा इन्भेस्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्दै नेपालको सेयर बजारको गति अझ माथि उठाउने बताए ।
‘बैंकको पूर्ण स्वामित्व रहेको हिमालय क्यापिटलको मुख्य उद्देश्य ग्राहकहरुका लागि मर्चेन्ट बैंकिङ्ग तथा इन्भेस्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्नु हो ।’ श्रेष्ठले भने, ‘यसैको सकारात्मक आर्थिक तथा बैंकिङ्ग कारोबार मार्फत नेपालको सेयर बजारलाई माथि उठाउने हाम्रो उद्देश्य हो ।’
मर्चेन्ट बैंकिङ्ग कारोबार अन्तर्गत हिमालय क्यापिटल लिमिटेडले धितोपत्र निष्कासन, सेयर रजिष्ट्रार, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा र डीपी सेवा प्रदान गर्नेछ । यसै अवसरमा बैंकले नेपाली पुँजी बजारमा आएको सकारात्मक परिवर्तन र बजारको दायरामा आएको वृद्धिलाई समेत आत्मसाथ गर्दै ग्राहकको सेवामा कम्पनी पूर्ण रुपमा समर्पित हुने बताएको छ ।
हालैमात्र सञ्चालनमा आएको हिमालयन क्यापिटल लिमिटेडको सञ्चालक समितिमा, हिमालय बैंक लिमिटेडको तर्फबाट अध्यक्ष सुशील जोशी, सञ्चालकहरुमा सुनिल गोर्खाली र सतिशराज जोशीलाई चुनेको छ । क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा भने बैंकले परमेश्वर पन्तलाई जिम्बेवारी दिएको छ ।
बैैंकको क्यापिटल लिमिटेडको प्रधान कार्यालय ठमेलस्थित कर्मचारी सञ्चयकोष भवनमा राखिएको छ । हाल हिमालयन बैंकको क्यापिटल लिमिटेडको चुक्ता पुँजी २० करोड रहेको छ । मर्चेन्ट बैंकिङ्ग कारोबारका लागि क्यापिटल लिमिटेडले गत श्रावण २६ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण