अष्ट्रेलियाको क्लीन स्वीप
एजेन्सी-घरेलु टोली अष्ट्रेलियाले श्रीलंकाविरुद्धको तीन खेलको टी–२० क्रिकेट सिरिजमा क्लिन स्वीप गरेको छ । मेलबर्नमा शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियाले श्रीलंकालाई सात विकेटले हरायो । यस जितसँगै अष्ट्रेलियाले सिरिज ३–० ले जितेको छ ।
श्रीलंकाले दिएको एक सय ४३ रनको लक्ष्य अष्ट्रेलियाले १७.४ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले अविजित ५७ रन बनाए । कप्तान आरोन फिन्चले ३७ र एस्टन टर्नरले अविजित २२ रन जोडे । श्रीलंकाका लासिथ मालिंगा, लाहिरु कुमारा र नुवान प्रदीपले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो ।
श्रीलंकाका लागि कुशल परेराले ५७ रन बनाए । अभिस्का फर्नान्डोले २० र भानुका राजपाक्षले अविजित १७ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्क, केन रिचार्डसन र पाट कुमिन्सले समान दुई दुई विकेट लिए । श्रीलंकाविरुद्ध अष्ट्रेलियाले पहिलो खेलमा एक सय ३४ रन र दोस्रो खेलमा नौ विकेटको जित हात पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण