चीनले सुरु गर्यो फाइभ–जी सेवा, यस्तो छ मूल्य
एजेन्सी । चीनको मोबाइल सञ्चालकहरुले आफ्नो देशका ग्राहकको लागि फाइभ–जी सेवाको सुरु गरेका छन् ।
योसँगै चीनले विश्वस्तरमा प्राविधिक मामिलामा ठूलो छलाङ मारेको छ ।
चीनको सरकारी मोबाइल सेवा प्रदायक कम्पनी चाइना मोबाइल, चाइना यूनी–कम र चाइना टेलिकमले बिहिबारलाई आफ्नो फाइभ–जी डाटा प्लानको घोषणा गरेको बीबीसीले जनाएको छ ।
चीन र अमेरिकाबीच व्यापार र प्राविधिक क्षेत्रमा संघर्ष भइरहेको समयमा यो घोषणा भएको छ।
चीनभन्दा अघि नै दक्षिण कोरिया, अमेरिका र ब्रिटेनले यही वर्ष आफ्ना देशमा फाइभ–जी नेटवर्कको सुरुवात गरिसकेका छन् ।
फाइभ–जी पाँचौ पुस्ताको मोबाइल नेटवर्क हो । फाइभ–जीमा इन्टरनेटको गति तीव्र हुने दावी गरिएको छ ।
चीनले फाइभ–जीको सेवा अघिल्लो वर्ष नै सुरु गर्ने बताएको थियो । तर उसले एक वर्ष ढिलो गरेर फाइभ–जी सेवाको सुरुवात गरेको छ ।
अत्यन्त तीव्र फाइभ–जी चीनको ५० सहरमा शुरु गरिएको छ । त्यसमा बेइजिङ र संघाई सामेल छन् । चीनको सरकारी एजेन्सी सिन्ह्वाका अनुसार फाइभ–जी डाटा प्लानको मूल्य १२८ युयान(झण्डै २००० रुपैया)देखि ५९९ युआन (९६०० रुपैयाँ) बीचमा पर्छ ।
चीनमा फाइभ–जी नेटवर्कका लागि उपकरण त्यहाँको सबैभन्दा ठूलो सप्पाई कम्पनी हुवावेले गरेको हो ।
हुवावेले अन्य कयैन देशमा फाइभ–जी नेटवर्क स्थापित गर्न पनि महत्वपूर्ण भूमिका निभाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण