नेपाल आउँदै बलिउड हिरो गोविन्दा
काठमाडौं– बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । कात्तिक २१ गतेबाट वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । महोत्सव आयोजक चलचित्र निर्माता संघले उनलाई विशेष अतिथिका रुपमा निमन्त्रण दिएको थियो ।
महोत्सवका लागि गोविन्द नेपाल आउनतय भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । महोत्सव उद्घाटन दिन अर्थात कात्र्तिक २१ गते बिहान गोविन्द बीरगञ्जमा आइपुग्ने आकाशको भनाई रहेको छ । गोविन्दाले कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिने आकाशले जानकारी दिए ।
गोविन्द गतवर्ष काठमाडौंमा आयोजित ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । उनकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन् । त्यसैले उनी नेपाललाई आफ्नो ससुराली देश भन्ने गर्दछन् ।
महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । २४ गतेसम्म चल्ने महोत्सवमा नेपाली फिल्मका निर्माता, निर्देशक, कलाकारको उल्लेख्य सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण