सोमबार र मंगलबार भूतपूर्व सैनिकहरुको राष्ट्रिय गोष्ठी
काठमाडौं– यही कार्तिक १८ र १९ गते काठमाडौंमा गोर्खा भूतपूर्व सैनिकहरुको बृहत राष्ट्रिय गोष्ठी आयोजना हुने भएको छ । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको समस्या समाधानका लागि नेपालमा बृहत छलफल गर्न सो गोष्ठी काठमाडौंमा भोलीबाट आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
गोष्ठीको पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले संयुक्त रुपमा उद्घाटन गर्नुहुनेछ । गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भने सहभागी नगराइने गेसोले जनाएको छ ।
सरकारले व्रिटिश सरकारसँग गेसोको समस्या समाधानका लागि वार्ता गर्नुपर्ने भएकाले आन्दोलनकारी शक्तिको रुपमा रहेको गेसोको सो गोष्ठीलाई प्रधानमन्त्री ओली र सरकारका कुनै पनि प्रतिनिधिलाई सहभागी नगराउने निर्णयमा पुगिएको सो गोष्ठीे आयोजक समितिका सदस्य समेत रहनु भएका पूर्व महान्यायाधिवक्ता डा.युवराज संग्र्रौलाले जानकारी दिए । तर गोष्ठीको निष्कर्ष भने प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीलाई बुझाउने पनि गेसोले स्पष्ट पारेको छ ।
गोष्ठीले भूतपूर्व गोर्खा सैनिकलाई पनि ब्रिटिश सेना सरह सेवा, सुविधा उपलब्ध गराउन ब्रिटिश सरकारलाई बाध्य बनाउने गरी रणनीति तय गर्ने दावी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण