उपनिर्वाचन तयारी : उच्चस्तरीय सुरक्षा समितिको बैठक सम्पन्न
काठमाडौँ । मङ्सिर १४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहको उपनिर्वाचनको तयारीस्वरुप आइतबार उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको छ ।
बैठकमा गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता केदार नाथ शर्माले समग्र सुरक्षा योजना प्रस्तुत गरेका छन् ।
यस्तै बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीले आ–आफ्ना निकायबाट तयार गरिएको उपनिर्वाचन सुरक्षा योजना समेत पेश गरेको निर्वाचन आयोगले जनाएको छ ।
उच्चस्तरीय सुरक्षा समितिका संयोजक तथा निर्वाचन आयुक्त इश्वरी प्रसाद पौड्यालको संयोजकत्वमा भएको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन जोड दिए ।
यस्तै आयुक्त पौड्यालले उपनिर्वाचनमा सुरक्षा निकायहरू बीच समन्वय कायम गरी सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आयोगमा सहसचिवको नेतृत्वमा गृह मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधिहरू रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरिने बताए ।
यस्तै नेपाल प्रहरीको अलग्गै सञ्चार एकाई रहने बताउँदै बैठकमा प्राप्त सुझावहरूलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजनालाई वस्तुनिष्ठ बनाउनु पर्ने पनि उनले जोड दिए ।
बैठकमा निर्वाचन आयुक्त नरेन्द्र दाहाल, गृह सचिव प्रेम कुमार राई, रक्षा सचिव रेश्मीराज पाण्डे, आयोगका सचिव देव कुमारी गुरागाईं, नेपाली सेनाका रथी गौरब तण्डुल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण