लज्जास्पद हारपछि बायर्नका म्यानेजर बर्खास्त
जर्मन क्लब बायर्न म्युनिखले निको कोभाचलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ ।
शनिबार जर्मन च्याम्पियनले फ्राङ्कफर्टसँग ५–१ को लज्जास्पद हार बेहोरेपछि कोभाच बर्खास्तीमा परेका हुन् । यो सिजन बुन्डेस लिगाका १० खेलमा बायर्नको दोस्रो पराजय थियो ।
पराजयसँगै बायर्न लिगको चौथो स्थानमा सिमित भएको छ भने शीर्ष स्थानमा रहेको बोरुसिया मोचेनग्लाडब्याचभन्दा चार अंकले पछि परेको छ ।
४८ वर्षीय क्रोएसियाका पूर्व मिडिफिल्डरले सन् २०१८ को जुलाईदेखि क्लबको नेतृत्व सम्हालेका थिए । गत सिजन उनले बायर्नलाई लिग र कप डबल जिताएका थिए ।
आफ्नो नेतृत्वमा बायर्नलाई ६५ मध्ये ४५ खेलमा जीत दिलाए पनि शनिबारको पराजय बायर्नको लिगमा १० वर्ष यताकै सबैभन्दा ठूलो अन्तरको पराजय थियो ।
नयाँ म्यानेजर नियुक्त नभएसम्म सहायक प्रशिक्षक हान्सी फ्लीकले क्बलको नेतृत्व सम्हाल्नेछन् । बायर्नले बुधबार च्याम्पियन्स लिगमा ओलम्पियाकोसको सामना गर्नेछ भने शनिबार बोरुसिया डर्टमण्डसँग भिड्ने छ ।
कोभाचको बहारिगमनसँगै जोसे मोरिन्हो, माउरिसो पोचेटिन्हो र मासिमिलानो एलेग्रीको नाम क्लबसँग जोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण