नायिका काजल अग्रवाल आमा बुवाले रोजेको युवकसँग विवाह गर्दै
दक्षिण भारतीय सिनेमाकी चर्चित नायिका काजल अग्रवाल विवाह गर्दैछिन् । हालै उनले एक अन्तरवार्तामा आफ्नो विवाहबारे खुलेर कुरा गरेकी छिन् । उनको विवाहको सबैभन्दा रोचक पाटो के हो भने उनी ‘अरेन्ज म्यारिज’ गर्दैछिन् । अर्थात्, उनले आमा–बुवाले छानेको युवकसँग विवाह गर्दैछिन् ।
सिंघमबाट अजय देवगनसँग बलिउडमा एन्ट्री गर्ने काजल अग्रवालका बलिउडमा पनि धेरै फलोवर छन् । करिब दुई वर्षदेखि उनको विवाहबारे विभिन्न चर्चा परिचर्चा हुँदै आएको छ । तर काजलले आफू फिल्म इन्डिष्ट्रिका कोही पनि व्यक्तिसँग विवाह गर्ने मुडमा नभएको बताएकी थिइन् ।
‘मगधीरा’ नायिकाले साउथका करिब सबै नायकसँग काम गरेकी छिन् । तर कहिले पनि कुनै अभिनेतासँग उनको गम्भीर अफेयर रहेन । काजलले एकपटक भनेकी थिइन्, ‘सुरुवाती दिनमा मेरो एकजना व्यक्तिसँग अफेयर थियो तर उनी फिल्मी क्षेत्रसँग सम्बन्धित थिएनन् । पछि जब म काममा व्यस्त हुन थालेँ तब हामीबीच दुरी बढ्न थाल्यो । त्यसपछिदेखि म लगातार काममा नै ध्यान दिइरहेकी छु ।’
यद्यपि, अब काजलले अर्को वर्ष अर्थात् २०२० मा उनी प्रणय सूत्रमा बाँध्ने स्पस्ट पारिसकेकी छिन् । मिडिया रिपोर्टका अनुसार उनी एक व्यापारीसँग विवाह गर्दैछिन् ।
काजलले आफ्ना श्रीमान् पोजेशिव, केयरिङ र आत्यात्मिक हुनुपर्ने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण