दयाहाङले छोडे ‘लप्पन छप्पन २’
काठमाडौँ । नेपाली निर्माताहरु फिल्म घोषणा र कलाकार अनुबन्धित गरेपछि मात्र निर्माणको तयारी थाल्ने गर्दछन् । जसको कारण घोषणा हुँदा अनुबन्धित भएका कलाकारले सुटिङको समय फिल्म छोडेको समेत देख्न सकिन्छ ।
यस्तै भएको छ फिल्म ‘लप्पन छप्पन–२’ युनिटमा पनि । छायाँकनमा निस्किन लागेको यो फिल्म अहिले अभिनेता दयाहाङ राईले छोडेका छन् । निर्धारित मितिमा फिल्मको छायाँकन नभएको भन्दै राईले फिल्म छोडेका हुन् ।
फिल्म छायाँकनका लागि दयाहाङले ‘लप्पन छप्पन–२’ का लागि दसैँ अगाडि सम्मको समय छुट्याएका थिए । तर, समयमा फिल्म छायाँकन हुन नसकेपछि उनले छोडेका हुन् ।
दयाहाङले तिहार पछिको समय उपेन्द्र सुब्बाको फिल्म ‘जारी’लाई दिएका थिए । दुबै फिल्मको सुटिङ एकै समय हुन लागेको कारण दयाहाङले ‘लप्पन छप्पन २’ छाडेका हुन् ।
फिल्म ‘जारी’को छायाँकन अहिले पाँचथरमा भइरहेको छ । फिल्ममा दयाहाङको जोडी अभिनेत्री मिरुना मगर रहेकी छन् ।
दयाहाङले ‘लप्पन छप्पन–२’ बाट हात झिकेपछि निर्माण टिमले उनको ठाउँमा अभिनेता शिव श्रेष्ठका जेठा छोरा शक्तिलाई अनुबन्ध गरेको छ ।
लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका शक्तिले फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट डेब्यू गर्न लागेका थिए । तर, छायाँकन पुरा नहुँदै फिल्मको छायाँकन रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण