सलमानको खुलासाः सुटिङको पहिलो दिन नै थाहा थियो यो फिल्म फ्लप हुन्छ भनेर
बिग बस १३ को पछिल्लो विकेन्डको वार एपिसोडमा फिल्म बालाका स्टारकास्टको उपस्थिती रह्यो । आयुष्मान खुराना, भूमि पेडनेकर र यामी गौतमले सलमान खानको शोमा निकै रमाइलो पनि गरे ।
बिग बसको सेटमा बालाको टिमले सुरुमा त खेसारी लाल यादवलाई प्रश्न गरे त्यसपछि आयुष्मान खुरानाले सलमान खानलाई टेढो प्रश्न सोधे । आयुष्मान खुरानाले सलमान खानलाई सोधे, ‘कुन फिल्मको सुटिङको पहिलो दिन नै तपाईंलाई यो फिल्म चल्दैन भनेर थाहा थियो ?’
यसको जवाफ दिँदै सलमानले भने, ‘यस्ता थुप्रै फिल्म छन् ।’ आयुष्मानले एउटा फिल्मको त नाम लिनै पर्छ भनेर कर गरेपछि उनले भने, ‘सूर्यवंशी’ । आयुष्मान र भूमिले उनीहरुलाई सूर्यवंशी फिल्म निकै मनपर्ने बताए । आयुष्मानले सूर्यवंशीको डायलग पनि बोले ।
स्मरण रहोस्, सलमान खान, अमृता सिंह स्टारर फिल्म सूर्यवंशी सन् १९९२ मा रिलिज भएको थियो । यसको निर्देशन राकेश कुमारले गरेका थिए । सलमान खान, अमृता सिंहबाहेक फिल्ममा शिबा आकाशदीप, सईद जाफरी महत्वपूर्ण भूमिकामा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण