महराको थुनछेक बहस सोमबार पनि जारी
सोमबार, १८ कात्तिक २०७६, १२ : ५२
काठमाडौँ । जबरजस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सोमबार सुरु भएको छ ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधिश सुदर्शनराज पाण्डेको इजलासमा आइतबार सुरु भएको बहस नसकिएपछि सोमबार बिहान सवा ११ बजेबाट फेरि सुरु भएको हो ।
बन्द इजलासमा भएको थुनछेक बहसमा महराका वकीलहरुले बहस सुरु गरेका छन् । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका महराको बयान गत शुक्रबार सकिएको थियो । शुक्रबार समय अभावका कारण महराको थुनछेक बहस आइतबारबाट सुरु गरिएको थियो ।
थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुना राख्ने, धरौटीमा छाडने वा तारेकमा रिहा गर्ने आदेश अदालतले दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण