धितोपत्र बजारः झिनो अङ्कको वृद्धि
काठमाडौं– साताको पहिलो दिन करिब सात अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ०.९७ बिन्दुले बढेर एक हजार १४०।२६ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०.०४ अङ्कले बढेर २५०.५१ मा पुगेको छ । नेप्से झिनो अङ्कले बढ्दा कारोबार रकम भने आइतबारको तुलनामा केही वृद्धि भएको छ । कुल १६३ कम्पनीको सात लाख ५९ हजार ७१२ कित्ता शेयर रु १९ करोड १८ लाख ५४ हजार ३३३ मा खरिदबिक्री भए । आइतबार १६१ कम्पनीको सात लाख ८४ हजार ७४० कित्ता शेयर रु १७ करोड ५५ लाख ४४ हजार ४७२ मा खरिदबिक्री भएको थियो ।
स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लागेको छ भने चार उपसमूहको शेयर घटेका छन् । बैङ्किङ ०.९२, विकास बैङ्क ०.८३, फाइनान्स १ र अन्य उपसमूह २.४६ बिन्दुले घट्दा होटल ५.६३, जलविद्युत् १७.४३, निर्जीवन बीमा १४.३८, उत्पादन ०.९६, लघुवित्त ५.६, जीवनबीमा ३.०३ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले बढेको छ ।
कारोबार रकमका आधारमा नविल बैङ्क शीर्ष स्थानमा रहेको छ । आइतबार आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको सो बैङ्कको शेयर आज रु एक करोड ९८ लाख ८६ हजार ४५३ मा खरिदबिक्री भयो ।
प्रभु बैङ्क रु एक करोड ६१ लाख ५३ हजार ५९२, चिलिमे जलविद्युत् कम्पनी रु एक करोड १९ लाख ५३ हजार ८२९, प्राइम कमर्सियल बैङ्क रु ९२ लाख ४६ हजार, नेपाल बैङ्क लिमिटेड रु ७० लाख ३१ हजार २६४ र कृषि विकास बैङ्क रु ५७ लाख २० हजार ७५२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९३ प्रतिशतले कमाउँदा चिलिमे जलविद्युत् कम्पनी ६.२४, नेरुडे लघुवित्त विकास बैङ्क ५.६९, एनआइसी एसिया ग्रोथ फण्ड ५.४७ र हाइड्रो इलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ४.५५ प्रतिशतले कमाए ।
यस्तै जोशी हाइड्रोपावर ४.८३, गुर्खाज फाइनान्स ४.३४, माउन्टेन हाइड्रो ३.७५, अरुण भ्याली हाइड्रोपावर ३.०६ र एनएलजी इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.६५ प्रतिशतले गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण