तत्काल कार्गो रेल नआउने
भारतबाट मोरङको बुधनगरसम्म सञ्चालन गर्नसक्ने गरी रेलमार्ग निर्माण भए पनि तत्काल कार्गो रेलबाट सेवा लिन नसकिने भएको छ ।
निर्माणाधीन एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी)सँगै बनेको नेपाल कस्टम यार्ड प्राविधिक रूपमा कार्गो रेलबाट सेवा लिन उपयुक्त नभएका कारण रेलबाट नेपालसम्मै सामान ढुवानी गर्ने योजना केही पछि सर्ने भएको छ ।
भारतको बन्दरगाहमा लोड भएको सामान जोगवनी हुँदै नेपालसम्मै ढुवानी गर्ने उद्देश्यले जोगवनी कटहरी रेल्वे लाइन विस्तार गरिएको थियो तर नेपालतर्फ निर्माण गरिएको यार्ड अत्यन्त साँघुरो भएका कारण कार्गो रेलबाट सेवा लिन सक्ने अवस्था नरहेको उद्योगी अविनाश बोहरा बताउँछन् ।
अहिले बनेको यार्डमा थोरै सङ्ख्यामा मात्र कन्टेनर राख्न सकिने अवस्था छ । कार्गो रेलले एकैपटक सयौँको सङ्ख्यामा कन्टेनर ढुवानी गरेर ल्याउँछ ।
‘यार्ड साँघुरो हुँदा सबै कन्टेनर राख्न सक्ने अवस्था नरहेसम्म कार्गोबाट सेवा लिन सकिँदैन,’ मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष अविनाश बोहराले भन्नुभयो ‘कार्गो रेलबाट सेवा लिनका लागि यार्ड विस्तार गर्नु अनिवार्य छ ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा शशिधर पराजुलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण