उपत्यकाभित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम
काठमाडौं । काठमाडौ उपत्यकाभित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम लागु गरिने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा सम्बन्धित यातायात व्यवसायीसँगको छलफलबाट नयाँ नियम लागू गर्ने निर्णय भएको हो । जसअनुसार उपत्यकाभित्र प्रवेश गर्ने टिपरले पछाडिको भागमा दुवैतिर नम्बर प्लेट राख्नुपर्ने छ ।
यस्तै, टिपरको अगाडिपट्टी सीसामाथि सजाइने झल्लरी पनि हटाउनु पर्नेछ । ठुलो आवाजमा गीत, संगीत सुन्न राखिएका वुफर हटाउनुका साथै लुकिङ ग्लास पनि दुरुस्त राख्नुपर्ने छ ।
१५ दिनभित्र यी नियम लागू गरिने महाशाखाले जनाएको छ ।
यसैगरी, काठमाडौँ–सिन्धुपाल्चोक रुटमा सञ्चालन हुने हेलम्बु यातायातको छतमा राखिएको हुड पनि हटाइने भएको छ । सवारी साधनको छतमा यात्रु चढ्ने तथा सामान राख्ने गर्दा सवारी साधन अनियन्त्रित भइ दुर्घटना हुने गरेकाले हुड हटाउने निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण