ससुराली जाँदै गर्दा त्रियुगा नदीमा डुबेर बेपत्ता
मङ्गलबार, १९ कात्तिक २०७६, १२ : १६
उदयपुर । खोटाङ घर भई उदयपुरस्थित ससुराली जाँदै गरेका एक जनालाई त्रियुगा नदीले बगाएको छ ।
४० वर्षीय सुवास विकलाई त्रियुगा नदीले बगाएको हो । उनी त्रियुगा नदीमा बेपत्ता भएका छन् ।
सोमबार राति पौने ८ बजेको समयमा खोटाङबाट उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगढमा रहेको ससुराली घर जाँदै गर्दा बाटोमा पर्ने त्रियुगा नदी तर्ने क्रममा नदीमा डुबेर उनी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
उनी बेपत्ता भएको स्थानमा स्थानीयवासीहरुको समेत सहयोगमा प्रहरीले खोजतलास गरिरहेको उक्त कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण