विश्व बैंकसँग सहकार्य गर्न नेपाल तत्पर छ: मन्त्री ढकाल
काठमाडौ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिकरुपले विपन्न नागरिक, सीमान्तकृत वर्ग र पिछडिएका समुदायको न्यायमा पहुँच वृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । विश्व बैंक समूहले अमेरिकाको राजधानी वासिङ्टनडिसीमा आयोजना गरेको ‘न्याय क्षेत्र सुधार तथा प्रविधि’ विषयको उच्चस्तरीय सत्रलाई आज सम्बोधन गर्दै उनले न्याय सम्पादनमा सूचना प्रविधिको प्रयोग, त्यसमा नेपालको अवस्था र चुनौतीबारे जानकारी दिनुभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।
मन्त्री ढकालले न्यायपालिकामा सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग, त्यससम्बन्धी पूर्वाधार तथा जनशक्ति विकासका निम्ति विश्व बैंकसँग सहकार्य गर्न नेपाल तत्पर रहेको बताएका थिए ।
चारदिने ‘न्याय, कानुन र विकास सप्ताह’अन्तर्गत यही कात्तिक २१ गतेसम्म सञ्चालन हुने उच्चस्तरीय बैठकमा २५ देशका कानूनमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश/न्यायाधीश, महान्यायाधिवक्ता तथा न्याय क्षेत्रका उच्च अधिकारी सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण