भव्य किनमेल मेला इलेभेन.इलेभेन दराजमा
काठमाडौं । वृहत किनमेल मेला इलेभेन.इलेभेन नजिकिएको छ । चर्चित अनलाइन बजार दराज डट्कमले प्रत्येक वर्ष नोभेम्बर ११ अर्थात् इलेभेन.इलेभेनलाई ठूलो मेलाको रुपमा क्याम्पिङ्ग गर्दै आएको छ । यसवर्ष पनि नोभेम्बर ११ को अवसर पारेर कम्पनीले बृहत किनमेल मेला आयोजना गर्न लागेको हो ।
यस वर्षको इलेभेन.इलेभेन नेपालमा कार्तिक २५ गते परेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दराजले यसवर्ष भव्य रुपमा दराज इलेभेन.इलेभेन क्याम्पिङ्ग गर्न लागेको जनाएको छ । दराज इलेभेन.इलेभेन क्याम्पेनिङ्गमा ग्राहकले सपिङ्गमा भारी छुट सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यस योजना अन्तरगत दराज अनलाइन सपिङ्ग गर्ने ग्राहकले न्यूनतम १५ प्रतिशतदेखि अधिकतम ८० प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ । साथै सामान खरिदमा कम्पनीले आकर्षक गिफ्ट ह्याम्परका रुपमा नगद भौचर सहित लक्की ड्र कुपन समेत प्रदान गर्ने बताएको छ ।

यस योजना अन्तरगत ग्राहकले मेगा पुरस्कारमा यामाहा स्कुटर समेत जित्न सक्ने छन् । अलिबाबा ग्रुप अन्तरगतको अन्तर्राष्ट्रिय अनलाईन सपिङ्ग बजार दराजले यस क्याम्पेनिङ्गका लागि सम्पूर्ण तयारी पुरा गरिसकेको बताएको छ ।
अनलाइन सपिङ्गका लगि दराजमा डेढ लाख आइटम समान राखिएको र सहज डेलिभरीका लागि आवश्यक क्षेत्र विस्तार र डेलिभरी स्टाफ समेत थपेको कार्यक्रममार्फत जानकारी दिएको छ । कम्पनीले इलेभेन.इलेभेन क्याम्पेनिङ्गकै लागि भनेर ४ हजार डेलिभरी स्टाफ थपेको छ भने सहज माग र वितरणका लागि सोही संख्यामा कामदार थपेको कम्पनीले जनाएको छ ।
दराज इलेभेन.इलेभेन मेलाको अवसरमा तीन लाख ५० हजार ग्राहकरुले उपयुक्त अवसरको फाइदा उठाउने कम्पनीले जनाएको छ भने यसै समयमा कम्पनीले ५ सय माथि भोलुममा सामानको बिक्री गर्ने जनाएको छ ।
सामान खरिदमा नगद भूक्तानीका लागि कम्पनीले ग्राहकको सुविधाका लागि चारवटा बैंक पार्टनरसँग साझेदारी गरेको छ ।
नविल बैंक, नेपाल इन्भेष्मेन्ट बैंक, मेगा बैंक र सानिमा बैंकका डेविट क्रेडिट कार्डमार्फत ग्राहकहरुले सजिलै भूक्तानी गर्न सक्नेछन् । दराज डट्कम अलिबाबा ग्रुप अन्तर्गतको जर्मन रकेट इन्टरनेट कम्पनी हो । यसको प्रधान कार्यालय पाकिस्तानको कराँचीमा रहेको छ भने यसको मुख्य बजार दक्षिण एसियाली देशहरु नेपाल लगायत पाकिस्तान, म्यानमार, बंगलादेश र श्रीलङ्का हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण