सेयर बजार पुनः ओरालो
काठमाडौं– धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । सोमबार झिनो अङ्कले बढेको परिसूचक आज भने सोही लयमा घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.८१ विन्दुले घटेर एक हजार १३९.४५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.३९ ले घटेर २५०.१२ मा पुगेको छ ।
झिनो अङ्कले नेप्से ओरालो लागे पनि कारोबार रकममा भने आइतबार र सोमबारको तुलनामा सुधार देखिएको छ । कुल १६२ कम्पनीको १० लाख ५८ हजार ८९६ कित्ता शेयर रु २८ करोड ४४ लाख ७२ हजार ५०१ मूल्यमा खरिदबिक्री भयो ।
कारोबार भएका कुल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर ओरालो लागेको छ भने एक उपसमूह भने तटस्थ देखिएको छ ।
स्टकका अनुसार बैङ्किङ ०.४, उत्पादन १६.५२, लघुवित्त १ र सामूहिक लगानी कोष ०.१७ अङ्कले बढ्दा व्यापार उपसमूह तटस्थ रह्यो । यस्तै होटल ६.३९, विकास बैङ्क ०.५२, जलविद्युत् ३.२, फाइनान्स ३.५७, निर्जीवन बीमा २८.३३, अन्य ३.०५ र जीवन बीमा १४.९६ विन्दुले घटेका छन् ।
कारोबार रकमका आधारमा प्रभु बैङ्कको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको रु तीन करोड ९४ लाख २३ हजार २४ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनको रु दुई करोड ६३ लाख २० हजार, प्रभु बैङ्कको रु एक करोड ५६ लाख ४५ हजार ७७५, एभरेष्ट बैङ्कको रु एक करोड ४६ लाख ४६ हजार ४३५, नबिल बैङ्कको रु एक करोड २४ लाख ७४ हजार १२५ र मुक्तिनाथ विकास बैङ्कको संस्थापक शेयर रु ९२ लाखमा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार ग्लोबल आएमई सम्मुन्नत स्किम–१ का शेयरधनीले १० प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्था ५.६२, नयाँ नेपाल लघुवित्त विकास बैङ्क ५.०७, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ४.८२, गुडविल फाइनान्स ४.५८ र हिमालयन डिष्टिलरीका लगानीकर्ताले ३.९९ प्रतिशतले कमाए ।
यस्तै सिनर्जी पावरका लगानीकर्ताले १० प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर ५.७६, रिलायन्स फाइनान्स ५.०४, नेशनल हाइड्रोपावर ३.७७, आँखुखोला जलविद्युत् कम्पनी ३.६३, सिर्जना फाइनान्स ३.१५ र कर्णाली डेभलपमेन्ट बैङ्कका शेयरधनीले २.९७ प्रतिशतले गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण