ज्ञानेन्द्रसहित नौ खेलाडीको प्रथम श्रेणीमा डेब्यु
काठमाडौँ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध प्रथम श्रेणीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिला बलिङ रोजेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा अहिले नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ भने एमसीसी टोली ब्याटिङमा छ ।
यस खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने सहित नौ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् ।
डेब्यु गर्नेमा राजु रिजाल, विनोद भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी र पवन सरार्फ छन् । यीसँगै प्लेइङ सेटमा सोमपाल कामी र शरद भेषवकर रहेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीले १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेट खेलेको हो ।
नेपालले यसअघि सन् २००५ मा यूएईसँग कीर्तिपुरमा प्रथम श्रेणीको खेलेको थियो ।
त्यतिवेला अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले टेस्ट मान्यता नपाएका देशलाई समेट्दै प्रथम श्रेणीको अन्तर महादेशीय कप आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण