कात्तिक २२ गते भुम्लु गाउँपालिकामा सार्वजनिक बिदा
काभ्रे-भुम्लु गाउँपालिकाले यही कात्तिक २२ गते हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका बासिन्दालाई स्थानीय पर्वमा सहभागी हुन अपिल गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
स्थानीय संस्कृति, परम्परा, जात्राको संवद्र्धन प्रवद्र्धनका लागि बिदा दिइएको गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताए । ‘मूलखर्क भीमसेनस्थानमा हुने जात्राका लागि सार्वजजिक बिदा दियौँ’, उनले भने । उनका अनुसार उक्त जात्रा कोशीपारि क्षेत्रको प्रमुख र ठूलो मानिदै आएको छ ।
‘भ्रमण वर्ष–२०२०’ लक्षित वडा नं १ सापिङमा अवस्थित मूलखर्क भीमसेनस्थान जात्राका अवसरमा यही कात्तिक २२ र २३ गते सांस्कृतिक महोत्सव पनि आयोजना गरिएको छ । गाउँपालिकाको उचाइमा अवस्थित रमणीय भीमसेनस्थानबाट सूर्योदय–सूर्यास्त, गणेश, जुगल, गौरीशङ्कर हिमाल अवलोकन तथा छिमेकी जिल्ला नियाल्न सकिने भएकाले पर्यटकीयस्थलका रूपमा प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरिएको संयोजक किशोर बुढाथोकीले बताए ।
सांस्कृतिक महोत्सवमा स्थानीय संस्कृति झल्किने प्रस्तुतिका साथै उत्पादनको बिक्री तथा स्थानीय अग्र्यानिक तयारी खाद्य पदार्थका खाद्य कक्षसमेत राखिने आयोजकले जनाएको छ । हरिबोधिनी एकादशी मेलाका दिन जिल्लाको खानीखोला गाउँपालिका–३ जुरेमा जुरे एकता युवा समाजले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक आशिष सिङ्तानले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण