बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

४० करोडको लागतमा आधुनिक दुग्ध प्रशोधन केन्द्र निर्माण हुने

बुधबार, २० कात्तिक २०७६, १३ : ५४
बुधबार, २० कात्तिक २०७६

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आधुनिक दुग्ध प्रशोधन केन्द्र निर्माण हुने भएको छ । 

असोज ९ गते सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा दुग्ध प्रशोधन केन्द्र परियोजनालाई अघि बढाउने कार्ययोजना राखिएको थियो । सोही अनुसार ४० करोडको लागतमा केन्द्र निर्माण गर्न लागिएको हो । 

 तिलोत्तमा नगरपालिकाले परियोजनका लागि चार बिगाहा जग्गा उपलव्ध गराउने भएको छ । 

रुपन्देहीसहित प्रदेश ५ का सबै जिल्लामा उत्पादित दुधको बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले दुग्ध प्रशोधन केन्द्रको अवधारणा अघि सारिएको तिलोत्तमा नगरपालिका नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

उचित बजारीकरण नहुँदा दुध उत्पादन हुने मुख्य सिजनमा यहाँका किसानले मिल्क होलिडेको समस्या भोग्न बाध्य छन् । यस्तै लागतअनुसारको मूल्य पनि पाउन सकेका छैनन् । किसानलाई दुध उत्पादनमा प्रोत्साहन गर्दै दुधको बजार सुनिश्चित गराउन परियोजनाको अवधारणा अघि सारिएका  प्रमुख घिमिरेको भनाइ छ ।

तिलोत्तमाले दुध उत्पादक किसानलाई प्रतिलिटर दूधमा एक रुपैंयाँ अनुदान र पशु बीमा रकममा ५० प्रतिशत अनुदान दिँदै आएको छ । यस्तै पशुपालन राहत कोष र समूहमा पशुपालन गर्ने महिलालाई बैंक ब्याजमा अनुदान दिने व्यवस्था पनि मिलाएको छ ।

दुग्ध प्रशोधन परियोजना निर्माणमा प्रदेश सरकारले समेत सघाउने जनाएको छ । प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले दुग्ध प्रशोधन परियोजनाको स्थापनाले दुध उत्पादन, प्रशोधन र बिक्री वितरण सहज हुने भएकाले यसमा प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने बताइन् ।

प्रदेशभरीका उपभोक्तालाई बजार बनाएर दूध उत्पादन, प्रशोधन र बिक्री वितरण गर्ने लक्ष्यका साथ परियोजना निर्माण गर्नुपर्ने उनको सुझाव छ । प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले रुपन्देही जिल्ला दुग्ध उत्पादनमा विशिष्ट स्थान हासिल गरेको भन्दै दुग्ध प्रशोधन परियोजना स्थापना भएपछि त्यसको फाइदा किसानहरुले लिन सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप