अझै केही वर्ष देशमा व्यापार घाटा हुन्छः उद्योगमन्त्री
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन् ।
मन्त्री यादवले आफ्नै पूँजी र सीपको प्रयोग गरेर उत्पादनमा नलागेसम्म मुलुकमा व्यापार घाटा कायमै रहने पनि बताए ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुक भित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढ्न सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।
नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने मन्त्री यादवको भनाई छ । ‘नेपाल बनाउनलाई हामी आफैं सोचौं र आपसी सहकार्य गरौं,’ मन्त्री यादवले भने ‘सहकार्य गर्नतिर बढि कोसिस गरौं, हामी सबैको क्षमता मिलायो भने नेपाल बनाउने हामीसँग सीप पनि छ, पूँजी पनि हुन्छ ।’ उनले बाह्य पूँजी र प्रविधि भित्र्याउन सकिने तर बढि जोड आन्तरिक पूँजी र प्रविधिको परिचालन गर्नेतर्फ दिनुपर्ने पनि बताए ।
मन्त्री यादवले देश भित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भईरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण