शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अझै केही वर्ष देशमा व्यापार घाटा हुन्छः उद्योगमन्त्री

बुधबार, २० कात्तिक २०७६, १३ : ५८
बुधबार, २० कात्तिक २०७६

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन् । 

मन्त्री यादवले आफ्नै पूँजी र सीपको प्रयोग गरेर उत्पादनमा नलागेसम्म मुलुकमा व्यापार घाटा कायमै रहने पनि बताए । 

 काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुक भित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढ्न सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए । 

नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने मन्त्री यादवको भनाई छ । ‘नेपाल बनाउनलाई हामी आफैं सोचौं र  आपसी सहकार्य गरौं,’ मन्त्री यादवले भने ‘सहकार्य गर्नतिर बढि कोसिस गरौं, हामी सबैको क्षमता मिलायो भने नेपाल बनाउने हामीसँग सीप पनि छ, पूँजी पनि हुन्छ ।’ उनले बाह्य पूँजी र प्रविधि भित्र्याउन सकिने तर बढि जोड आन्तरिक पूँजी र प्रविधिको परिचालन गर्नेतर्फ दिनुपर्ने पनि बताए । 

मन्त्री यादवले देश भित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भईरहेको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप