यसकारण पोलेको मकै खाएपछि नपिउनुहोस् पानी

वर्षायाममा पोलेको मकै खानुको मज्जा नै बेग्लै हुन्छ । पोलेको मकै स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि निकै स्वस्थ मानिन्छ । तर यदि तपाईंले पोलेको मकै खाएलगत्तै पानी पिउनुहुन्छ भने यो निकै हानिकारक साबित हुनसक्छ ।
आयुर्वेद विशेषज्ञ डा. आशुतोष गौतमका अनुसार पोलेको मर्क खाएलगत्तै पानी पिउँदा पेटसम्बन्धि विभिन्न समस्या उत्पन्न हुनसक्छ । यसले ग्याष्ट्रिकको समस्या र पेट दुख्ने समस्या निम्त्याउन सक्छ ।
पोलेको मकै खाएलगत्तै पानी पिउँदा धेरैजसो मानिसहरुले पेट फुल्ने र अत्यधिक पेट दुख्ने गरेको बताउँछन् । यो एक विशिष्ट कारणसहित हुने डा. आशुतोष बताउँछन् । उनी भन्छन्, ‘यसले पाचन प्रक्रियालाई अत्यधिक बाधा पुर्याउने गर्छ । पानी पिएपछि पाचन क्रिया स्लो हुन्छ । मकैमा भएको कार्बोस र स्टार्च पानीको सम्पर्कमा आएर पेटभित्रको ग्याँस रोकिन सक्छ जसका कारण पेट फुल्ने, एसिडिटी र गम्भीर पेट दुख्ने गर्छ । यदि तपाईंलाई पनि यस्तो समस्या भइरहेको छ भने मकै खाएलगत्तै पानी नपिउनुहोस् ।
डा. आशुतोषका अनुसार यस्तो गम्भीर स्थितीबाट बच्नका लागि मकै आएको कम्तीमा ४५ मिनेटपछि मात्र पानी पिउनुहोस् । यसका साथै पोलेको मकैमा कागतीको रस राखेर खानुहोस् किनभने कागतीले पाचन शक्ति बढाउने काम गर्छ र पाच प्रक्रियालाई सूचारु र प्रभावकारी बनाउने गर्छ ।
मनसुनको क्रममा पाचन शक्ति कमजोर हुने भएकाले हामीलाई चाँडै नै रोगले गाँज्ने गर्छ । पोलेको मकै बाहिर नै पाउने भएकाले यसलाई ताजा र तातो नै खानुपर्छ । पोलेको मकैको पौष्टिक तत्व पाउनका लागि यसलाई पोलेलगत्तै खानुहोस् । लामो समयसम्म राख्दा यसले हानिकारक ब्याक्टेरिया बढाउन सक्छ र पेट सम्बन्धि समस्याको कारण बन्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पताल सुधारका लागि उपाध्यायको संयोजकत्वमा कार्यदल गठन
-
क्रिस्टियानो रोनाल्डोका छोराको अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’
-
भारत–पाकिस्तान द्वन्द्वबारे साउदी अरेबियामा ट्रम्पले के भने ?
-
न्युजिल्यान्डका माइक हेसन पाकिस्तानी क्रिकेट टोलीको नयाँ प्रमुख प्रशिक्षक
-
नेतृत्व विकासबारे समाजवादी ट्रेड युनियनका पदाधिकारीलाई तालिम
-
दुग्ध पाउडर प्लान्ट निर्माण भएको २ वर्षसम्म पनि सञ्चालन मोडालिटी टुङ्गिन सकेन