धवलागिरि हिमाल आरोहणका लागि ३१ जनालाई अनुमति
म्याग्दी– यस वर्षको शरद याममा संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८१६७ मि) को आरोहणका लागि तीन समूहका ३१ जनाले अनुमति लिएका छन् । पर्यटन विभाग पोखराका अनुसार कात्तिकको पहिलो सातासम्म शरद याममा धवलागिरि हिमाल आरोहणका लागि ३१ जनाले अनुमति लिएको र उनीहरुबाट रु ३२ लाख रोयल्टी प्राप्त भएको छ । यस वर्षको शरद यामका लागि पर्यटन विभागले कात्तिकसम्म दिएको अनुमतिबाट रु ३२ लाख आठ हजार पाँच रोयल्टी उठेको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धवलागिरिको पश्चिम मोहडाबाट आरोहण गर्ने अनुमति लिएको जनाइएको छ । धवलागिरि गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सिमाना तथा छिमेकी जिल्ला मुस्ताङबाट समेत धवलागिरि हिमालमा जान सकिने भए पनि नियमित आरोहणका लागि पश्चिम मोहडा नै आरोहीहरुको रोजाइमा पर्ने गरेको छ ।
अनुमति लिने क्रम निरन्तर हुने भएकाले धवलागिरि हिमाल आरोहणमा आरोहीको सङ्ख्या बढ्ने अनुमान गरिएको विभागले जनाएको छ । सन् १९६० मे महिनाको १३ तारिखमा अष्टे«लियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धवलागिरि हिमालको आरोहण गरेको रेकर्ड देखिन्छ ।
तर, विभिन्न अभिलेखमा सन् १९४९ मा भारतमा रहेको ब्रिटिसको टोलीले सर्वे गरेको भए पनि १९४९ मा स्वीस हवाई सर्वेक्षण अज्ञात रहेको थियो । केही समय अगाडि विश्व कीर्तिमानी गर्ने क्रममा म्याग्दीका निर्मल पुर्जाले अतिरिक्त अक्सिजनबिनै आरोहण गरेपछि धवलागिरि हिमालको चर्चा भएको थियो । अहिलेसम्म सबैभन्दा धेरै आमादब्लम हिमालका लागि आरोहण अनुमति जारी भएको छ । त्यसपछि मनास्लु हिमालका लागि २७ दलका २६४ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरियो ट्विटरको डोमेन नाम
-
युरिक एसिड बढेपछि खान हुन्न प्रोटिनयुक्त खाना ?
-
अनलाइनमा रेस्टुराँबारे नकारात्मक रिभ्यु पोस्ट गरेपछि जेल पुगे युवा
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व