उपनिर्वाचन २०७६: बारामा निर्वाचन आयोगको कार्यालय स्थापना
बारा– बाराको बारागढी गाउँपालिका– १ मा वडाध्यक्षका लागि यही मङ्सिर १४ गते उपनिर्वाचनका लागि गाउँपालिकाको केन्द्र खोपवामा निर्वाचन आयोगको कार्यालय स्थापना गरिएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपरा वसन्तपुर र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वसन्तपुरमा गरी दुई मतदान केन्द्रमा तीन मतदानस्थल रहेको वडामा दुई हजार ३६६ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्रराज अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार पिपरा वसन्तपुर मतदान केन्द्रमा एक हजार ३०९ र वसन्तपुर मतदान केन्द्रमा एक हजार ५७ मतदाता छन् । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विकासराज खनाल, जिल्लाका अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा निर्वाचन कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका मनिषकुमार साहले जानकारी दिए ।
विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्ष नन्दलाल रायको २०७५ साल मङ्सिर १४ गते मृत्यु भएपछि वडा नं १ मा वडाध्यक्ष रिक्त थियो । नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष रायको निधनपछि अहिले ज्येष्ठ वडा सदस्यको नेतृत्वमा वडाको गतिविधि सञ्चालन भइरहेको छ ।
उपनिर्वाचनलाई लिएर स्थानीय सुरक्षा व्यवस्थामा आफूहरुले पनि विशेष ध्यान दिएको गाउँपालिका अध्यक्ष देवदत्त बछार थारुले बताए । जिल्लामा हुने एक मात्र स्थानमा उपनिर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय बाराले प्रति निर्वाचन केन्द्रमा प्रहरी निरीक्षकको नेतृत्वमा करीब १०० प्रहरी परिचालन गर्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण