बेइजिङमा अफगान सरकार र तालिवानबीच वार्ता हुँदै, तोकिए प्रतिनिधिहरु
काबुल– चीनमा हुने अफगान सरकार र तालिवान विद्रोहीहरुबीचको शान्ति प्रक्रियाका लागि अफगानिस्तानको सरकारको तर्फबाट सहभागी हुने प्रतिनिधिहरूको अन्तिम सूची बिहीबार टुङ्गो लगाएको छ ।
विद्रोही तालिवान समूहको तर्फबाट उक्त समूहका वरिष्ठ नेता मुल्लाह अब्दुल घानीले सहभागिता जनाउने घोषणा भैसकेको छ । यद्यपि, वार्ताको मिति भने अझै तय गरिएको छैन ।
राष्ट्रपतिका प्रवक्ता सेदिक सिद्दकीले भने, ‘गत सोमबार राष्ट्रपति असरफ घानी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोनमा भएको कुराकानीमा तालिवान समूहसँग अफगानिस्तानको शान्तिवार्ताका लागि बेइजिङमा विद्रोही समूहसँग वार्ता गर्न सहमति जनाउनुभएको थियो ।’
‘यो बेइजिङ बैठकले तालिवान र अफगानी सरकारबीच वार्ताको बाटो तय गर्नेछ,’ राष्ट्रपतिका प्रवक्ता सिद्दिकीलाई उद्धृत गर्दै तोलो न्यूजले लेखेको छ । वार्ताको मिति चीनले घोषणा गर्नेछ । अफगान सरकारले छिट्टै सरकारको तर्फबाट वार्तामा सहभागी हुने टोलीको नाम चीन सरकारसमक्ष उपलब्ध गराउनेछ ।
चीनको मध्यस्थतामा अफगानिस्तानको शान्तिका लागि यस पहिले अक्टोबर २९ र ३० का लागि वार्ता गर्नेगरी तयारी भएकोमा काबुलको अनुरोधमा यसलाई सारिएको थियो । यद्यपि, मिति सार्नुपर्ने कारण भने काबुलले जनाएको थिएन ।
अमेरिका र तालिवान समूहबीच नौ चरणमा भएका वार्ता गत सेप्टेम्बर २ मा कतारको राजधानी दोहामा सम्पन्न भएको थियो । जसमा अमेरिका र अफगानी तालिवान समूहबीच शान्तिका लागि सैद्धान्तिक सहमति भएको जनाइएको थियो ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीटमार्फत् अफगानी राष्ट्रपतिसहित तालिवान समूहका नेताहरूसँग वासिङ्टनको उत्तरपूर्वमा रहेको क्याम्प ड्याभिड गर्ने भनेको वार्ता स्थगित भएको जानकारी गराएपछि अफगानी विद्रोहीसँगको वार्ता रोकिएको थियो । –एएनआई/Photo: www.thenational.ae
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण