बेइजिङमा अफगान सरकार र तालिवानबीच वार्ता हुँदै, तोकिए प्रतिनिधिहरु

काबुल– चीनमा हुने अफगान सरकार र तालिवान विद्रोहीहरुबीचको शान्ति प्रक्रियाका लागि अफगानिस्तानको सरकारको तर्फबाट सहभागी हुने प्रतिनिधिहरूको अन्तिम सूची बिहीबार टुङ्गो लगाएको छ ।
विद्रोही तालिवान समूहको तर्फबाट उक्त समूहका वरिष्ठ नेता मुल्लाह अब्दुल घानीले सहभागिता जनाउने घोषणा भैसकेको छ । यद्यपि, वार्ताको मिति भने अझै तय गरिएको छैन ।
राष्ट्रपतिका प्रवक्ता सेदिक सिद्दकीले भने, ‘गत सोमबार राष्ट्रपति असरफ घानी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोनमा भएको कुराकानीमा तालिवान समूहसँग अफगानिस्तानको शान्तिवार्ताका लागि बेइजिङमा विद्रोही समूहसँग वार्ता गर्न सहमति जनाउनुभएको थियो ।’
‘यो बेइजिङ बैठकले तालिवान र अफगानी सरकारबीच वार्ताको बाटो तय गर्नेछ,’ राष्ट्रपतिका प्रवक्ता सिद्दिकीलाई उद्धृत गर्दै तोलो न्यूजले लेखेको छ । वार्ताको मिति चीनले घोषणा गर्नेछ । अफगान सरकारले छिट्टै सरकारको तर्फबाट वार्तामा सहभागी हुने टोलीको नाम चीन सरकारसमक्ष उपलब्ध गराउनेछ ।
चीनको मध्यस्थतामा अफगानिस्तानको शान्तिका लागि यस पहिले अक्टोबर २९ र ३० का लागि वार्ता गर्नेगरी तयारी भएकोमा काबुलको अनुरोधमा यसलाई सारिएको थियो । यद्यपि, मिति सार्नुपर्ने कारण भने काबुलले जनाएको थिएन ।
अमेरिका र तालिवान समूहबीच नौ चरणमा भएका वार्ता गत सेप्टेम्बर २ मा कतारको राजधानी दोहामा सम्पन्न भएको थियो । जसमा अमेरिका र अफगानी तालिवान समूहबीच शान्तिका लागि सैद्धान्तिक सहमति भएको जनाइएको थियो ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीटमार्फत् अफगानी राष्ट्रपतिसहित तालिवान समूहका नेताहरूसँग वासिङ्टनको उत्तरपूर्वमा रहेको क्याम्प ड्याभिड गर्ने भनेको वार्ता स्थगित भएको जानकारी गराएपछि अफगानी विद्रोहीसँगको वार्ता रोकिएको थियो । –एएनआई/Photo: www.thenational.ae
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सले नेपाललाई जितका लागि दियो १ सय ७५ रनको लक्ष्य
-
पहिरोले अरनिको राजमार्ग बन्द
-
धुलिखेल नगरसभाले गर्यो प्रदेश सभा खारेजका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय !
-
एपीएफको पक्षमा अपिल कमिटीको निर्णय, थ्रीस्टार क्लब रेलिगेसनमा
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी
-
घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या