वाईवाईको प्रवद्र्धनका लागि कुनै अभियान आवश्यक पर्दैन : चौधरी ग्रुप
काठमाडौं । वाइवाई चाउचाउलाई ‘बलियो नेपाल’ अभियानमा समावेश गराउने कुनै योजना नरहेको चौधरी ग्रुपले प्रष्ट पारेको छ ।
विगत केही दिनदेखि केही सञ्चार माध्यममा ‘बलियो नेपाल’ अभियानका सन्दर्भमा चौधरी ग्रुप र विषेशगरी वाईवाई चाउचाउको नाम जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चौधरी ग्रुपले भनेको छ, ‘विगत ४० बर्षदेखि उत्पादन हुँदै आएको विश्वव्यापी प्रसिद्ध ब्रान्ड वाईवाईको प्रवद्र्धनका लागि कुनै अभियान आवश्यक पर्छ भन्ने हामीलाई लाग्दैन ।’
चौधरी ग्रुपका जनरल म्यानेजर मधुसूदन पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘चौधरी फाउन्डेनद्वारा संचालित कुनैपनि क्रियाकलापहरुमा कुनै किसिमको व्यवसायिक गतिविधीहरु संचालन नहुने हाम्रो स्पष्ट नीति रहेको कुरा पनि जानकारी गराउन चाहन्छौँ ।’
नेपालमा सुरक्षित र पौष्टिक उत्पादनहरूको उपलब्धता सर्वसुलभ बनाउन र स्वस्थ उत्पादनहरूको माग वृद्धि गर्ने उद्देश्यका साथ स्थापित ‘बलियो नेपाल’ एक स्वतन्त्र गैर नाफामुलक संस्था रहेको पनि चौधरी ग्रुपले प्रष्ट पारेको छ । नेपालको नागरिक समाजका अग्रजहरु नेतृत्वकर्ता रहेको स्वतन्त्र बोर्डद्वारा ‘बलियो नेपाल’ संचालित रहेको पनि जनाइएको छ ।
‘नेपालमा बलियो नेपाल अभियानको सुरुवात तथा यसको विकास एवं विस्तार गर्नका लागि संयुक्त राज्य अमेरिकास्थित बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले चौधरी फाउन्डेसनलाई अनुदान सहायता प्रदान गरेको हो,’ विज्ञप्तिमा भनिएको छ ।
विभिन्न निजी क्षेत्रका सरोकारवालाहरूसँगको बृहत छलफल, गहन बजार अध्ययनका साथै विशेषज्ञहरुद्वारा विभिन्न आर्थिक एवं सामाजिक पृष्ठभूमिका व्यक्तिहरूको खानपिन सम्बन्धी व्यवहार तथा पोषण स्तर बुझ्ने प्रयत्न पश्चात सम्बन्धित क्षेत्रका विज्ञ तथा समाजका प्रभावशाली व्यक्तित्वहरु एकजुट भई प्रारम्भ गरिएको यस अभियानको विधिवत रुपमा गत नोभेम्बर १, २०१९ मा सुरुवात भएको चौधरी ग्रुपले जनाएको छ ।
‘यस कार्यक्रम मार्फत कुपोषण र अदृष्ट भोक बिरुद्धको राष्ट्रिय अभियानलाई थप योगदान पु¥याउन पाएकोमा हामी गौरवान्वित छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण